मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सोपान फर्मास्युटिकल्सको नाफा ८२ प्रतिशत घट्यो

onlinekhabar.com · Fri Sep 11 06:37:05 GMT 2026

२६ भदौ, काठमाडौं । सोपान फर्मास्युटिकल्स लिमिटेडको खुद नाफा एक वर्षमा ८२ प्रतिशतभन्दा बढीले घटेको छ। कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ३ करोड ८२ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ।

अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा २१ करोड ७७ लाख ९१ हजार रुपैयाँ थियो । यस आधारमा कम्पनीको नाफा ८२.४२ प्रतिशत घटेको हो। सञ्चालन आम्दानीमा सामान्य वृद्धि भए पनि अन्य आम्दानी घट्नु तथा बिक्री–वितरण र प्रशासनिक खर्च बढ्नुले कम्पनीको नाफामा दबाब परेको कम्पनीको भनाइ छ ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)