युरोप पठाउने भन्दै एक करोड ९३ लाख ठग्ने पक्राउ
nepalnews.com · Tue May 26 12:02:59 GMT 2026

काठमाडौँ। वैदेशिक रोजगारीका लागि युरोपका विभिन्न देश पठाउने बहानामा ठगी गर्ने व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा कैलाश गाउँपालिका १०‚ मकवानपुरका ४१ वर्षीय भीम लामा छन्।
टोखा नगरपालिका ८‚ काठमाडौँ बस्दै आएका लामालाई सोमबार काठमाडौँ ११ बाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काले बताए। लामाले एकजना व्यक्तिबाट एक करोड ९३ लाख रुपैयाँ ठगी गरेको खड्काले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)