पर्यटन मन्त्रालयअन्तर्गतका रिक्त निकायमा चार हजार ३४८ जनाको आवेदन
kendrabindu.com · Tue May 26 12:02:43 GMT 2026

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयअन्तर्गतका विभिन्न १७ निकायमा चार हजार ३४८ जनाको आवेदन परेको छ । मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कअनुसार १७ वटा विभिन्न निकायमा रिक्त रहेका पदका लागि आह्वान गरिएको रोष्टर सूचीमा चार हजार ३४८ जनाले आवेदन परेको हो ।
आवेदन दिनेमा नेपाल पर्यटन बोर्डमा ८५५, नेपाल नागरिक उड्डयन प्राधिकरणमा ५७८, पशुपति क्षेत्र विकास कोषमा ४७६, लुम्बिनी क्षेत्र विकास कोषमा ४६५, नेपाल प्रज्ञा प्रतिष्ठानमा ४३८, सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा १९६ जनाले आवेदन दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
काठमाडौँ
पशुपति क्षेत्र विकास कोष