मुक्तिनाथ विकास बैंकको फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
baahrakhari.com · Tue May 26 12:06:06 GMT 2026

काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्नो मोबाइल बैंकिङ सेवा ‘मुक्तिनाथ फाइदा एप’मा नयाँ ‘सेल्फ–रिन्यु’ लगायतको अन्य सुविधा थप गरेको छ । यस सुविधासँगै ग्राहकहरूले मोबाइल बैंकिङ सेवा नवीकरण गर्न शाखा धाउनुपर्ने बाध्यता हटेको बैंकले जनाएको छ ।
अब ग्राहकहरूले घरमै बसेर वा आफ्नो सहजताअनुसार यस बैंकको मोबाइल बैंकिङ एप नवीकरण गर्न सक्नेछन् । त्यसको लागि एपमा लगइन गरी ‘इक्सपाइरी पप अप’ देखिएपछि ‘रिन्यू नाउ’मा क्लिक गर्नुपर्ने हुन्छ । त्यसपछि नवीकरण शुल्कसम्बन्धी जानकारी तथा व्यवस्थापनपछि ‘कन्टिन्यू’ थिचेर आफ्नो ‘ट्राक्जेक्सन पिन’ प्रविष्ट गरेपछि सेवा तुरुन्त सक्रिय हुने व्यवस्था रहेको छ । यस सेवाको साथमा बैंकले फाइदा एपबाट बैंक नगई ग्राहकले आफ्नो एनआईडी र प्यान तथा ईमेल पनि अपडेट गर्न सक्ने व्यवस्था मिलाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ