मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पुरानो तस्विरले पल्टायो इतिहास: ३० वर्षपछि आकाश भैरवका दुर्लभ मूर्ति स्वदेश फर्काइयो

kalakarmi.com · Fri Jun 19 07:35:04 GMT 2026

दोलखा– सामाजिक सञ्जालमा सार्वजनिक गरिएको एउटा पुरानो तस्विरले तीन दशकअघि चोरी भएर अमेरिकासम्म पुगेका दोलखाका आकाश भैरव (हाँथ्व देउ) का दुई ऐतिहासिक मूर्ति स्वदेश फर्काउने अभियान सफल भएको छ । करिब चार वर्षसम्म निरन्तर कानुनी, कूटनीतिक र प्राविधिक प्रयासपछि ती बहुमूल्य सम्पदा अन्ततः असार ४ गते आफ्नै थलो दोलखा फर्किएका हुन् ।

वि।स। २०५० फागुन २२ र २०५१ फागुन २४ गते दोलखाको नक्छे प्रधान परिवारको कुलघरबाट मल्लकालीन आकाश भैरवका दुई मूर्ति चोरी भएका थिए । त्यसयता सम्पदाको कुनै अत्तोपत्तो थिएन ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)