प्रअ धामी आत्महत्या प्रकरण: न्याय माग्दै दार्चुला अदालत घेराउ
annapurnapost.com · Fri Jun 19 07:33:48 GMT 2026

दार्चुला : सम्पाल माध्यमिक विद्यालय, सुन्सेराका प्रधानाध्यापक बलदेब धामीको आत्महत्या प्रकरणलाई लिएर दार्चुला सदरमुकाम खलंगा आन्दोलित बनेको छ। घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कडा कानुनी कारबाहीको माग गर्दै पीडित पक्ष तथा स्थानीय सर्वसाधारण विगत तीन दिनदेखि निरन्तर धर्नामा बसेका छन्।
गत जेठ ४ गते सामाजिक सञ्जाल फेसबुकमा एक सुसाइड नोट सार्वजनिक गर्दै प्रधानाध्यापक धामीले आत्महत्या गरेका थिए। उक्त आत्मघाती कदम पछाडिका दोषीहरूलाई कानुनी दायरामा ल्याउन माग गर्दै आन्दोलन सुरु भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)