उपनिर्वाचन मतपरिणाम : ओली दंग, दाहाल सन्तुष्ट
ekantipur.com · Tue Apr 30 16:58:58 UTC 2024

काठमाडौँ — नयाँ सत्ता समीकरण बनेपछि भएको उपनिर्वाचनले एमाले अध्यक्ष केपी शर्मा ओली दंग देखिएका छन् भने प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहालले सन्तुष्टि व्यक्त गरेका छन् । इलाम २ र बझाङ १ (१) को जितेपछि एमालेका लागि ‘मिसन ०८४ को मुद्दा बनाउन’ सहज भएको भन्दै ओली दंग देखिएका छन् ।
एमालेले ०८४ को निर्वाचनमा राष्ट्रिय शक्ति निर्माणका लागि पहिलो हुने दाबीसाथ अहिलेदेखि नै मिसन सुरु गरेको छ । दाहाल भने इलाम २ को परिणामले आफू र ओलीबीच थप विश्वासको वातावरण बन्ने टिप्पणी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)