सानेपास्थित रमेश कम्प्लेक्समा सुरु भयो नयाँ पोको सर्भिस सेन्टर
baahrakhari.com · Tue May 26 12:12:26 GMT 2026

काठमाडौं । रमेश कर्पअन्तर्गतको टेली टक प्रा.लि.ले सानेपास्थित रमेश कम्प्लेक्समा नयाँ पोको सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । उक्त सर्भिस सेन्टरमार्फत पोको ब्रान्डका स्मार्टफोन तथा सम्बन्धित डिभाइसहरूको आधिकारिक बिक्रीपछिको सेवा तथा प्राविधिक सहयोग उपलब्ध गराइनेछ ।
सानेपाको सहज पहुँचयुक्त स्थानमा स्थापना गरिएको यस अत्याधुनिक सर्भिस सेन्टरले ग्राहकहरूलाई द्रुत, भरपर्दो तथा ग्राहक–मैत्री सेवा प्रदान गर्ने लक्ष्य राखेको छ । सेन्टरमा दक्ष प्राविधिक टोली, आधुनिक डायग्नोस्टिक सुविधा तथा गुणस्तरीय स्पेयर पार्ट्सको व्यवस्था गरिएको छ, जसले ग्राहकलाई उच्चस्तरीय सेवा अनुभव प्रदान गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)