अष्ट्रेलियाले युक्रेनलाई थप ७० लाख अमेरिकी डलर सहयोग गर्ने
nepalnews.com · Fri Jun 19 07:43:16 GMT 2026

क्यानबेरा। अष्ट्रेलियाली सरकारले शुक्रबार युक्रेनलाई थप ७० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ।
अष्ट्रेलियाका उपप्रधानमन्त्री तथा रक्षामन्त्री रिचर्ड मार्लेसले आगामी १२ महिनामा नेटोको प्राथमिकता युक्रेन आवश्यकता सूची (पीयूआरएल) का लागि अस्ट्रेलियाले दुई करोड ५० लाख अमेरिकी डलर दिने प्रतिबद्धता व्यक्त गरेका छन्।
अष्ट्रेलियाले सन् २०२५ डिसेम्बरमा गरेको प्रारम्भिक ५० लाखको सहयोगको निरन्तरता भएको जनाइएको छ भने यो सँगै युक्रेनको लागि अष्ट्रेलियाको कुल सहयोग एक अर्ब ८० करोड अमेरिकी डलर पुगेको मार्लेसले बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)