मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाथीभरा केवलकार विवाद समाधानका लागि ७ सदस्यीय कार्यदल गठन

aarthiknews.com

काठमाडौं। ताप्लेजुङको ऐतिहासिक तथा धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा निर्माणाधीन केवलकार परियोजनासम्बन्धी विवाद समाधानका लागि सरकारले कार्यदल गठन गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवस्तरीय निर्णयअनुसार प्रधानमन्त्रीका सामाजिक विकास विज्ञ विश्व राईको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरिएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।

कार्यदललाई पाथीभरा केवलकार निर्माणका क्रममा देखिएका विवाद र समस्याको अध्ययन गरी समाधानका लागि सुझावसहित प्रतिवेदन पेश गर्न १५ दिनको समय दिइएको छ।

कार्यदलमा पूर्वाधार विकास मन्त्रालयका वरिष्ठ डिभिजनल इन्जिनियर, केवलकार निर्माणप्रति असहमति जनाउने पक्षका प्रतिनिधि, पाथीभरा क्षेत्र विकास समितिका प्रतिनिधि, निर्माण कम्पनीका प्रतिनिधि, गृह मन्त्रालयका उपसचिव तथा प्रधानमन्त्रीको सचिवालयका प्रतिनिधि सदस्य रहेका छन् ।

सरकारले सबै सरोकारवालालाई समेटेर गठन गरिएको कार्यदलमार्फत दीर्घकालीन समाधान खोज्ने अपेक्षा गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)

सम्बन्धित विषय