मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

भारतले शेख हसिनाको प्रत्यर्पणसम्बन्धी बंगलादेशको अनुरोधमा दियो यस्तो प्रतिक्रिया

ratopati.com · Wed Nov 26 19:16:00 GMT 2025

काठमाडौँ । भारतले बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई प्रत्यर्पण गर्नेबारे बंगलादेशले पठाएको अनुरोध प्राप्त भएको पुष्टि गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जायसवालले बुधबारको नियमित प्रेस ब्रिफिङ मा ‘हामीलाई अनुरोध प्राप्त भएको छ, अहिले यसलाई अध्ययन गरिरहेको छ’ औपचारिक प्रतिक्रिया दिएका हुन्।

उनले हाल चलिरहेको न्यायिक र आन्तरिक कानुनी प्रक्रियालाई ध्यानमा राखेर निर्णय लिइने बताए । उनले भारत बंगलादेशका जनताका हितलाई प्राथमिकता दिने प्रतिबद्धता पनि व्यक्त गरे।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)