नारायणी नदीमा आपतकालीन तटबन्ध निर्माण गरिने
ratopati.com · Tue May 26 12:16:32 GMT 2026

चितवन । नारायणी नदी किनारमा वर्षातमा बाढीले क्षति पुर्याउन सक्ने ठाउँमा आपतकालिन तटबन्ध गर्न बोलपत्र आह्वान गरिएको छ। सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुरले चितवनतर्फको भागमा तटबन्ध गर्न रु १६ करोड ५० लाख बराबरको बोलपत्र आह्वान गरेको हो।
आयोजनाका सूचना अधिकारी सागर पौडेलका अनुसार तीन प्याकेजमा बोलपत्र आह्वान गरिएको छ । भरतपुर महानगरपालिका–१६ को सिद्धि गणेश मन्दीर नजिक तटबन्ध गर्न बोलपत्र आह्वान गरिएको छ । यस्तै महानगरपालिकाकै वडा नम्बर १७ को मजुवा र बाढीको बढी जोखिम देखिएका ठाउँमा तटबन्ध गर्ने तयारी छ । सूचना अधिकारी पौडेलका अनुसार आउँदो वर्षको जेठ २५ गतेसम्म काम सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)