थारू समुदायको परम्परा संरक्षणसम्बन्धी विधेयक लुम्बिनी प्रदेशसभामा पेस
baahrakhari.com · Tue May 26 12:18:06 GMT 2026

बुटवल । लुम्बिनी प्रदेशसभाको मंगलबारको बैठकमा ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ पेस गरिएको छ । सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले उक्त विधेयक सभासमक्ष प्रस्तुत गरेका छन् ।
प्रदेशमा थारू समुदायको उल्लेख्य बसोबास रहेको तथा आदिमकालदेखि प्रचलनमा रहेका कविला गण संरचना, चालचलन, रीतिरिवाज, संस्कृति, सम्पदा, मटावाँ, बरघर तथा भलमन्सा जस्ता परम्परागत अभ्यासको संरक्षण, अभिलेखीकरण, प्रवर्द्धन र पुस्तान्तरणका लागि कानुनी व्यवस्था आवश्यक रहेको भन्दै विधेयक ल्याइएको जनाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)