नेपालमा इटालीको दूतावास पुनःस्थापना हुनसक्छः एन्तोनियो बार्तोली
shilapatra.com · Tue May 26 12:14:00 GMT 2026

नेपालका लागि इटालीका गैरआवासीय राजदूत एन्तोनियो बार्तोलीले नेपालमा इटालीको राजदूतावास पुनःस्थापना हुनसक्ने बताएका छन् ।
युरोपेली संघ (ईयू)का २२ कूटनीतिज्ञको दुई दिने औपचारिक नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री वालेन्द्र शाहसँगको छलफलपछि भएको पत्रकार सम्मेलनमा राजदूत बार्तोलीले यस्तो बताएका हुन् ।
जी–७ देशको नेपालमा आवासीय दूतावास नहुने युरोपेली देश इटाली मात्रै हो भन्दै नेपालमा लोकतन्त्र कमजोर भएको समयमा स्थापना भएको इटालीको राजदूतावास अब फेरि अहिले स्थापना हुन्छ भन्ने शिलापत्रको प्रश्नमा राजदूत बार्तोली पुनः स्थापना हुन सक्ने बताए ।
इटाली र नेपालले हाइड्रोपावर, पर्यटनलगायत क्षेत्रमा सहकार्य हुनसक्ने राजदूत बार्तोलीले बताए । सन् १९७१ मा पञ्चायतकालमा नेपालमा इटालीको राजदूतावास रहेको थियो । तर, सन् १९७७ मा राजदूतावास बन्द भएको थियो ।
विश्वका सात औद्योगिक देशको समूह जी–७ का अरु छ सदस्यमा युरोपका चार देश जर्मनी, फ्रान्स, बेलायत र इटाली रहेका छन् । नेपालमा फ्रान्स र बेलायतको दूतावास हुँदा इटालीले भने भारतको राजधानीमा भएको दूतावासले काम चलाउँदै आएको छ ।
प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३
१७:५९
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)
बालेन शाह