किन राेकियाे प्रज्ञाको कविता महोत्सव?
nagariknews.nagariknetwork.com · Fri Jun 19 07:20:57 GMT 2026

नेपाल प्रज्ञाप्रतिष्ठानले ‘राष्ट्रिय कविता महोत्वस–२०८३’ स्थगन गरेको छ। प्रतिष्ठानले ६९औँ वार्षिकोत्वसका अवसरमा यही असार ९ गते आयोजना गर्न लागेको महोत्सव विशेष कारणवश स्थगित भएको जनाएको छ।
प्रतिष्ठानले गत वैशाख १६ गते सूचना प्रकाशित गरी महोत्सवका लागि कविता आह्वान गरेको थियो। प्रतिष्ठानका निमित्त कार्यालय प्रमुख सुमन अधिकारीले अर्को सूचना नआएसम्म महोत्सवका लागि पठाइएका कविताहरू अन्यत्र प्रकाशन तथा प्रसारण नगर्न आग्रह गरिएको बताए।
प्रतिष्ठानका भौतिक संशाधन महाशाखा प्रमुख सन्ध्या पहाडीले प्राज्ञ परिषद नहुँदा कविता छनोटका लागि समिति गठनलगायत प्रशासनिक कार्यमा प्रभावित भएकाले महोत्सव स्थगन गरिएको बताइन्।
हाल प्रतिष्ठानका कुलपति, उपकुलपति, सदस्यसचिवलगायतका पदाधिकारीको पद रिक्त छ।
Follow @nagarik_news
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)