सेवाग्राही खोज्दै गाउँपालिका झरे सहरतिर
ratopati.com · Fri Sep 11 07:08:47 GMT 2026

गोरखा । आफ्ना नागरिकको सहर केन्द्रित बसोबासको लहर बढेपछि कतिपय गाउँपालिकाले आफ्नो सेवा प्रवाहको ढाँचा नै परिवर्तन गरेका छन् । पछिल्लो समय यहाँका केही गाउँपालिकाले सामाजिक सुरक्षाभत्ता पाउने सेवाग्राही खोज्दै कर्मचारीलाई पोखरा, चितवन र काठमाडौँमा खटाउन थालेको पाइएको छ ।
सो क्रममा बारपाक सुलिकोट गाउँपालिका, सिरानचोक, अजिरकोट, धार्चे, चुमनुब्री र आरुघाट गाउँपालिकाले गोरखा बजार, पोखरा, काठमाडौँ र चितवनका सहरमा पुगेर सामाजिक सुरक्षा भत्ताको कार्ड नवीकरण शिविर सञ्चालन गर्दै आएको छ । आ–आफ्ना पालिकामा स्थायी बसोबास रहेको ती नागरिकलाई घरदैलोमै सेवा पुर्याउने हेतुले ती पालिकाले सहरमा शिविर नै राखेर सेवा प्रवाह गर्दै आएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)