दक्षिण अफ्रिकी बलर मर्चेन्ट डी ल्याङ चितवन राइनोजमा अनुबन्ध
baahrakhari.com · Thu Oct 24 17:51:14 UTC 2024
काठमाडौं । दक्षिण अफ्रिकाका अनुभवी तीव्र गतिका बलर मर्चेन्ट डी ल्याङलाई चितवन राइनोजले अनुबन्ध गरेको छ । १४५ किलोमिटर प्रतिघन्टा बलिङ गर्नसक्ने ३४ वर्षीय ल्याङलाई मंसिर १५ बाट हुन लागेको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि चितवनले अनुबन्ध गरेको हो ।
६.७ फिट उचाइ भएका दायाँ हाते ब्याट्सम्यान तथा बलर विश्व फ्रेन्चाइजी क्रिकेटमा प्रभावकारी खेलाडी मानिन्छन् । उनले यस फर्म्याटका १५१ टी–२० खेल खेलेका छन् । ग्ल्यामोर्गन, समरसेट र ग्लुसेस्टरसायर जस्ता टोलीबाट काउन्टी क्रिकेट खेलेको उनीसँग अनुभव छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)