उपकुलपतिहरूको सर्टलिस्ट बनाइँदै, मूल्यांकनमा मन्त्रीसहित समिति सदस्य नबस्ने
onlinekhabar.com · Tue May 26 12:24:58 GMT 2026

१२ जेठ, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयमा ८ वटा विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन दिएका उम्मेदवारहरूको अल्पसूची (सर्टलिस्ट) बनाउने काम भइरहेको छ । विज्ञहरूको टोलीले उम्मेदवारहरूले पेस गरेको विवरण अध्ययन गरिरहेका छन् ।
‘विज्ञ टिमले उम्मेदवारले पेस गरेको निवेदनको अध्ययन गरिरहनु भएको छ । कार्यविधिमा तोकिएको योग्यताअनुसार आएको छ, छैन भनेर हेर्ने काम भइरहेको छ,’ सिफारिस समितिका सदस्य एवं शिक्षा सचिव चुडामणि पौडेलले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)
काठमाडौँ