एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
ekantipur.com · Sat Dec 13 17:16:28 GMT 2025

काठमाडौँ — एमालेको एघारौं महाधिवेशन शनिबार सुरु भएको छ । अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको सल्लाघारीमा आयोजित समारोहमा महाधिवेशनको उद्घाटन गरे । महाधिवेशन सुरु भएसँगै एमालेमा नेतृत्वका लागि रस्साकसी सुरु भएको छ ।
भृकुटीमण्डपमा आइतबार हुने बन्दसत्रमा नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक हुनेछ । अध्यक्षमा ओलीविरुद्ध ईश्वर पोखरेलले उम्मेदवारी दिने तयारी गरेका छन् । दुवै पक्ष छुट्टाछुट्टै प्यानल निर्माणको गृहकार्यमा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)