कमल थापालाई दुई राष्ट्रिय उपाधि
gorkhapatraonline.com · Thu Oct 24 18:04:15 UTC 2024
काठमाडौँ, कात्तिक ८ गते । कमल थापाले चौथो वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगितामा आज दुई उपाधि जित्नुभएको छ । सातदोबाटोस्थित नेपाल टेनिस सङ्घको कोर्टमा भएको उक्त प्रतियोगिता कमलले पुरुष ५५ वर्षमाथि र ६५ वर्षमाथि उमेरसमूहको सिङ्गल्समा गरी दुई उपाधि जित्नुभएको हो ।
कमलले ५५ वर्षमाथि उमेरसमूहको फाइनलमा मनोजविक्रम शाहलाई समान ७–६, ७–६ ले हराउनुभयो । उहाँले ६५ वर्षमाथि सिङ्गल्समा पनि ध्रुव गुरुङलाई समान ४–० को स्कोरमा पराजित गर्नुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)