विभागीय मन्त्रीमाथि कुलमानको ‘ट्रायल’
onlinekhabar.com · Thu Oct 24 18:06:18 UTC 2024

८ कात्तिक, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नै विभागीय मन्त्रीमाथि बिहीवार दिनभर अनौठो ट्रायल गरेका छन् । डेडिकेटेड र ट्रंक लाइन विवादमा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्कालाई दिनभर गुमराहमा राखेर अन्ततः साँझ उनले बक्यौता नतिर्ने उद्योगहरुको लाइन काटिदिएका हुन् ।
गत २४ असोजमा प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विवादमा बक्यौता रहेका भनिएका ४९ वटा उद्योगलाई बक्यौता बुझाउन १५ दिने अल्टिमेटम दिएको थियो । त्यसको म्याद ८ कात्तिक अर्थात् आज सकिँदै थियो । यस विषयमा छलफल गर्न भनेर उर्जामन्त्री तथा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष खड्काले घिसिङलाई बिहीवार बोर्ड बैठक बोलाउन लगाएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)