दाङको दंशीशरण गाउँपालिकामा कांग्रेस विजयी
ekagaj.com · Mon May 16 17:39:41 GMT 2022
दाङ- दाङको दंगीशरण गाउँ पालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ । गाउँपालिकामा भारी मतान्तरसहित अध्यक्षमा शम्भु गिरी र उपाध्यक्षमा पिमाकुमारी ओली निर्वाचित भएका छन् ।
निकटतम प्रतिद्वन्द्वी एमालेका उम्मेदवार मेघनाथ शाह अध्यक्षमा र बुधनी चौधरी उपाध्यक्षमा पराजित भएका छन् । पालिकामा रहेका ७ वडा मा वडा न.१,३,६ कांग्रेस र अरु ४ वडा एमालेले जितेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)