ब्रेन ट्युमरको अपरेशनपछि ‘पाँच पाण्डव’ को डबिङमा फर्किइन् दीपाश्री निरौला
kalakarmi.com · Fri Sep 11 07:14:51 GMT 2026

काठमाडौं- लामो समय स्वास्थ्य उपचार र आराममा रहेकी अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला पुनः आफ्नो कर्मथलोमा फर्किएकी छिन् । ब्रेन ट्युमरको अपरेशनपछि स्वास्थ्य लाभ गरिरहेकी दीपाश्री करिब दुई महिनापछि फिल्मको काममा फर्किएकी हुन् ।
आउँदो तिहारदेखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘पाँच पाण्डव’को डबिङमार्फत उनले आफ्नो कामलाई निरन्तरता दिएकी हुन् । लामो अन्तरालपछि डबिङ स्टुडियो पुगेकी दीपाश्रीमा काममा फर्किएको उत्साह स्पष्ट देखिन्थ्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)