नेपाली विमान युरोपको कालो सूचीबाट तत्काल नहट्ने : के भनिन् ईयूकी राजदूतले ?
shilapatra.com · Tue May 26 12:36:00 GMT 2026

नेपाल युरोपेली संघ (ईयू)को कालो सूचीमा परेको १३ वर्ष पुग्यो । २० मंसिर २०७० (सन् २०१३ डिसेम्बर ५)बाट नेपाली हवाई सेवा कम्पनीहरूले युराेपको कालो सूचीमा परेर युराेपमा उड्न पाएका छैनन् ।
नेपालले युराेपका विभिन्न देशसँग दुई पक्षीय हवाई सम्झौता गरे पनि कालो सूचीले उड्न सक्ने भविष्यलाई अन्याेल बनाएको छ । यसैबारेमा आज ईयूका कूटनीतिज्ञले गरेको संयुक्त पत्रकार सम्मेलनमा शिलापत्रले प्रश्न गर्यो–‘नेपाली जहाज १३ वर्षदेखि किन कालो सूचीमा ?’ यो प्रश्नको जवाफमा नेपालका लागि ईयूकी राजदूत भेरोनिक लोरेन्चले आफूलाई सबैभन्दा धेरै सोधिने प्रश्न यही भएको सुनाइन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)