मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

भूकम्पपीडितका लागि बनाइएको एकीकृत बस्ती उपयोगविहीन

ratopati.com · Thu Oct 24 19:45:00 UTC 2024

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ विजयखर्कस्थित बसेरीमा निर्माण गरिएका एकीकृत बस्तीमा १९ वटा ट्रष्ट भवन ठडिएका छन् । बीस घर भूकम्पपीडित र चार घर अन्य गरि २४ घर स्थानीय बासिन्दाका लागि भनेर निर्माण सुरु गरिएको ‘रामनाथ बहुउद्देश्यी एकीकृत बस्ती’ नामकरण गरिएको एकीकृत बस्तीका ट्रस्ट भवन अहिले अलपत्र अवस्थामा छन् ।

झ्यालढोका थुन्न तथा ट्रस भवनभित्रको भूइँ ढलान गर्न बाँकी रहेको यो बस्तीको दुईवटा ट्रस भवनमा मात्र अहिले मानिस बसेका छन् । ‘रामनाथ बहुउद्देश्य एकीकृत नमूना बस्ती’ नाम दिइएको एकीकृत बस्तीमा शौचालय र खानेपानीको व्यवस्था छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)