दशगजा क्षेत्रमा पुरुषको शव फेला
onlinekhabar.com · Tue May 26 12:36:03 GMT 2026

१२ जेठ, सर्लाही । सर्लाहीको पर्सा गाउँपालिका–२ संग्रामपुरस्थित नेपाल–भारत सीमा क्षेत्रको दशगजा क्षेत्रमा एक पुरुषको बेवारिसे शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम डीएसपी सरोज राईका अनुसार सोमबार दिउँसो करिब ४ बजे सीमा स्तम्भ नम्बर ३१७/२ देखि करिब ५० मिटर पूर्वतर्फ दशगजाको डिलमा नेपालतर्फ अन्दाजी ५० वर्ष उमेरका पुरुषको शव फेला परेको हो । मृतकको नाम, थर खुल्न सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)