सरकारी अस्पतालमा सास्ती झन् बढ्यो– घण्टौं लाइन नबसी टिकट पाउनै मुस्किल !
lokaantar.com

रूपन्देहीको देवदह नगरपालिका वडा नम्बर– ७ सितलनगरका नन्दलाल नेपाली श्रीमती दिलमायाको चेकजाँचका लागि मंगलबार बिहान ७ बजे लुम्बिनी प्रादेशिक अस्पताल आइसकेका थिए । अस्पतालको ओपीडी टिकट काउन्टरमा लाइनमा बस्दा पनि टिकट पाउन नसकेपछि उनी आकस्मिक (इमरजेन्सी) कक्षमा पुगे । त्यहाँ पनि टिकट लिनेको उस्तै भीड थियो । रगत चढाउनुपर्ने बिरामीका लागि त्यहाँ झण्डै एक घण्टा लगाएर बल्लतल्ल इमरजेन्सीको टिकट हात पारे । नन्दलाल भन्छन्, 'अस्पतालमा सेवा राम्रो र स्तरीय छ भनेको सुनेका थियौं, तर अहिले निकै भीडभाड रहेछ, यसले गर्दा सर्वसाधारणलाई टिकट र उपचार पाउनै सास्ती भयो ।'
कपिलवस्तुको वाणगंगा नगरपालिका–२ का राममिलन यादव सोमबार बिहानै प्रादेशिक अस्पताल आए पनि टिकट पाउन सकेनन् । फर्किएर घर गएर मंगलबार बिहान ६ बजे लाइनमा बसी बल्लतल्ल टिकट लिए । 'आइतबार बिदा हुँदा सोमबार त झनै थाम्न नसकिने भीडभाड हुने रहेछ,' यादव भन्छन्, 'अस्पतालमा आउँदा मेला लागेजस्तो हुने रहेछ । अस्पतालमा यति ठूलो भीडभाड मैले देखेको पनि थिइनँ ।'
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)