नेताहरूको पार्टी परित्यागबारे राजेन्द्र लिङदेनले के भने ?
baahrakhari.com · Fri Jun 19 08:10:48 GMT 2026

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले पार्टी बारम्बार फुटको चरणबाट गुज्रिएकाले अहिलेको अवस्था आएको बताएका छन् । काठमाडौंमा पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा उनले विसं. २०५१ पछि नै पार्टी अधोगतितर्फ उन्मुख भएको बताए ।
“तपाईंहरूले कार्यकर्तालाई पटक–पटक विभाजित नगर्नु भएको भए न नेपालमा गणतन्त्र आउँथ्यो, न धर्मनिरपेक्षता हुन्थ्यो, न संघीयता आउँथ्यो, न तपाईंहरू कोही प्रधानमन्त्री बन्नबाट बञ्चित हुनुहुन्थ्यो,” उनले भने “तपाईंहरूले व्यक्तित्वको, टक्करको अहंकारको जाँतोमा पार्नुभयो । आज राप्रपाले हैन देशले नोक्सानी व्यहोर्नु परेको छ भनेर उहाँहरूलाई भनेको थिएँ ।”
इतिहासमा भएका गल्ती कमजोरी यो पुस्ताले बोक्न नहुने उनको भनाइ छ ।
#राप्रपा
#राजेन्द्र लिङदेन
#पार्टी परित्याग
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)
काठमाडौँ