नारायणी नदीमा आपतकालिन तटबन्ध निर्माण गरिने
barnanmedia.com · Tue May 26 12:43:28 GMT 2026

नारायणी नदी किनारमा वर्षातमा बाढीले क्षति पु¥याउन सक्ने ठाउँमा आपतकालिन तटबन्ध गर्न बोलपत्र आह्वान गरिएको छ । सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना भरतपुरले चितवनतर्फको भागमा तटबन्ध गर्न रु १६ करोड ५० लाख बराबरको बोलपत्र आह्वान गरेको हो ।
आयोजनाका सूचना अधिकारी सागर पौडेलका अनुसार तीन प्याकेजमा बोलपत्र आह्वान गरिएको छ । भरतपुर महानगरपालिका–१६ को सिद्धि गणेश मन्दीर नजिक तटबन्ध गर्न बोलपत्र आह्वान गरिएको छ । यस्तै महानगरपालिकाकै वडा नम्बर १७ को मजुवा र बाढीको बढी जोखिम देखिएका ठाउँमा तटबन्ध गर्र्ने तयारी छ । सूचना अधिकारी पौडेलका अनुसार आउँदो वर्षको जेठ २५ गतेसम्म काम सम्पन्न गर्ने गरी बोलपत्र आह्वान गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)