मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन दिनभित्र उपस्थित हुन म्याद तामेल गरेपछि पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाले इमेलमार्फत तत्काल उपस्थित हुन नसक्ने जानकारी दिए

barnanmedia.com · Fri Jun 19 08:12:15 GMT 2026

काठमाडौं । राहदानी खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन दिनभित्र उपस्थित हुन म्याद तामेल गरेपछि पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाले इमेलमार्फत तत्काल उपस्थित हुन नसक्ने जानकारी दिएकी छिन्।

अख्तियार स्रोतका अनुसार बुधबार आयोगको आधिकारिक इमेलमा पठाइएको मेलमा उनले आफू विदेशमा उपचाररत भएकाले तत्काल उपस्थित हुन नसक्ने तर अनुसन्धानमा सहयोग गर्न तयार रहेको उल्लेख गरेकी छिन्।

अख्तियारले गतवर्षको ई–पासपोर्ट खरिद प्रक्रियामा भ्रष्टाचार भएको आरोपमा आरजुको बूढानीलकण्ठस्थित निवासमा म्याद तामेल गरेको थियो। म्याद अनुसार तीन दिनभित्र उपस्थित हुन भनिएको थियो।

कागजी रूपमा आरजुको प्रत्यक्ष संलग्नता नदेखिए पनि ठेक्कापट्टाको डिजाइन, प्याकेज बनाउने र ठेकेदार मिलाउने काममा उनी र उनका छोरा जयवीर देउवा संलग्न रहेको उजुरी अख्तियारमा परेको छ।

अख्तियारको अनुसन्धान टोलीले जयवीर, राष्ट्रपति रामचन्द्र पौडेलका तत्कालीन सल्लाहकार सुनिल थापाका छोरा सिद्धार्थ थापा र राहदानी विभागका महानिर्देशक तिर्थराज अर्यालबीच बारम्बार भेट भएको सूचना पाएको छ।

उजुरी अनुसार टेण्डरको प्राविधिक मूल्यांकनमै प्रक्रिया मिचिएको थियो। ब्लेड सर्भर राख्नुपर्ने शर्त हुँदाहुँदै छानिएका कम्पनीहरूले र्‍याक सर्भर प्रस्ताव गर्दा त्यसलाई स्वीकार गरिएको थियो। यसरी झण्डै एक अर्ब रुपैयाँ अतिरिक्त भार राज्यलाई परेको दाबी गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)

सम्बन्धित विषय