नेपालको यातायात क्षेत्रमा योगदान वापत कर्पोरेट कमर्सियल भेइकल अवार्ड २०२६ बाट फोटोन सम्मानित
ajakoartha.com · Fri Jun 19 08:22:00 GMT 2026

काठमाडौं- विश्वकै अग्रणी कमर्सियल भेइकल ब्रान्डमध्ये एक फोटोन आधुनिक प्रविधि, सुरक्षा, दिगो गतिशीलता तथा वातावरणमैत्री यातायात समाधानमार्फत नेपालको यातायात क्षेत्रको विकासमा उल्लेखनीय योगदान पुर्याएको सम्मानस्वरूप प्रतिष्ठित ‘कर्पोरेट कमर्सियल भेइकल अवार्ड, २०२६’बाट सम्मानित भएको छ ।
उक्त अवार्ड एमएडब्ल्यू वृद्धि कमर्सियल भेइकल प्रालि प्रमुख कार्यकारी अधिकृत अनिल कुमार बरालले होटल र्याडिसनमा आयोजित एक कार्यक्रममा ग्रहण गरेका हुन् । यो सम्मानले नेपाली कमर्सियल भेइकल बजारमा फोटोनको बढ्दो प्रभाव र नेपाललाई स्वच्छ, हरित तथा प्रभावकारी यातायात प्रणालीतर्फ अघि बढाउने कम्पनीको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)