दाहालकै पक्षमा एकीकृत समाजवादी
ekantipur.com · Tue Dec 20 01:18:56 GMT 2022
काठमाडौँ — माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई पहिलो चरणमा प्रधानमन्त्री बनाउनुपर्ने पक्षमा एकीकृत समाजवादी देखिएको छ । कांग्रेस र माओवादी केन्द्रले सरकारको नेतृत्वमा दाबी गरिरहेका बेला एकीकृत समाजवादीले गठबन्धन जोगाउन दाहाललाई प्रधानमन्त्री बनाउनुपर्ने धारणा ल्याएको हो ।
एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले माओवादीलाई एमालेसँग सहकार्यमा जान बाध्य पार्नु दुर्भाग्य हुने बताए । ‘माओवादीले एमालेतिर जान हलचल गरिरहेको छ । वामपन्थी सरकार बन्न सक्दैन, अहिले यही गठबन्धनको निरन्तरता हुनुपर्छ भन्ने सन्देश हाम्रो अध्यक्षले दिनुभएको छ’, उनले कान्तिपुरसँग भने ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)