कक्षा १२ को ‘नतिजा देखाउने’ राष्ट्रिय परीक्षा बोर्डकै वेबसाइट डाउन
techpana.com · Fri Jun 19 08:17:33 GMT 2026

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को परीक्षाफल प्रकाशित गरे पनि उसको आफ्नै आधिकारिक वेबसाइट डाउन छ । नतिजा हेर्न बोर्डले तोकेको मुख्य पोर्टल नखुल्दा विद्यार्थी र अभिभावकले सास्ती खेप्नुपरेको छ ।
नतिजा हेर्नका लागि बोर्डको आधिकारिक लिंक neb.gov.np खोल्न खोज्दा अहिले ५०२ ब्याड गेटवे (502 Bad Gateway) त्रुटि देखिन्छ । त्यस्तै अर्को साइट result.neb.gov.np खोल्दा ‘दिस साइट कान्ट बि रिच्ड’ (This site can’t be reached, ERR_CONNECTION_TIMED_OUT) भन्ने सन्देश देखापर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)