सहदेव चौधरीले ल्याए संगीता राना प्रधानको स्वरमा ‘चोखो माया’
ratopati.com · Tue May 26 13:02:07 GMT 2026

काठमाडौँ । सञ्चारकर्मी सहदेव चौधरीको शब्द रचना रहेको गीत ‘चोखो माया’को भिडियो सार्वजनिक भएको छ । अडियो प्लेटफर्ममा यसअघि नै सार्वजनिक भइसकेको गीतमा संगीता राना प्रधानको स्वर र जुगल डंगोलको संगीत तथा एरेन्ज छ ।
म्युजिक ब्यान्डको सेटिङमा निर्माण गरिएको गीतको भिडियोमा गायिका रानासहित गिटारिस्ट दीपेश सिंह, बेस गिटारिस्ट विजय बज्राचार्य, ड्रमर अनुप महर्जन, तबला बादक कुलप्रसाद महर्जन र बाँसुरी बादक कृष्ण गुरूङ फिचर्ड छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)