बैंक तथा वित्तीय संस्थाका सञ्चालक, कर्मचारी नियुक्ति र शेयर खरिदमा राष्ट्र बैंकले लगायो कडा नियम
nepalbahas.com · Fri Jun 19 08:26:50 GMT 2026

बैंक तथा वित्तीय संस्थाका सञ्चालक, कर्मचारी नियुक्ति र शेयर खरिदमा राष्ट्र बैंकले लगायो कडा नियम
५ असार, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामाथि थप कडाइ गर्दै नयाँ निर्देशिका जारी गरेको छ । जसमा बैंक तथा वित्तीय संस्था सञ्चलाक, कर्मचारी र शेयर कारोबारमा कडा नीति लिएको छ । वित्तीय संस्थाको संस्थापक शेयर खरिदमा कडाइ गरिएको छ ।
बैंक तथा वित्तीय संस्थाका नाममा जारी एकीकृत निर्देशनमा संशोधन गर्दै संस्थापक शेयर खरिदमा कडा व्यवस्था ल्याएको हो । अब कुनै पनि व्यक्ति वा संस्थाले चुक्ता पुँजीको कुल ५ प्रतिशत वा सोभन्दा बढी, अथवा कुल २५ लाख रुपैयाँभन्दा बढीको संस्थापक शेयर खरिद गर्दा आफ्नो विस्तृत व्यक्तिगत तथा वित्तीय विवरण अनिवार्य रूपमा पेस गर्नुपर्ने भएको छ ।
यसैगरी घ वर्गका इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थाहरूको सुशासन र पारदर्शितालाई थप सुदृढ बनाउन नयाँ र कडा व्यवस्था लागू गरेको छ । लघुवित्त संस्थाहरूका लागि जारी गरिएको एकीकृत निर्देशन, २०८२ मा संशोधन र परिमार्जन गर्दै केन्द्रीय बैंकले अब लघुवित्तका उच्च पदाधिकारी तथा ठूला सेयरधनीहरूको पृष्ठभूमि र वित्तीय आचरणमाथि विशेष निगरानी बढाउने संकेत गरेको छ ।
नयाँ नियम अनुसार अब लघुवित्त संस्थाहरूका सञ्चालक, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापकीय तहका पदाधिकारीहरू नियुक्त वा मनोनयन हुँदा आफ्नो विस्तृत पारिवारिक विवरण र नेपाल बाहिर रहेको सम्पत्तिको स्वघोषणा अनिवार्य रूपमा बुझाउनुपर्ने छ । शेयर खरिद गर्ने वास्तविक धनी वा हिताधिकारीको पहिचान सुनिश्चित गर्न राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो ।
नयाँ व्यवस्थाअनुसार विवरण बुझाउने क्रममा सम्बन्धित व्यक्तिले आफ्नो नाम, थर, ठेगाना र पारिवारिक विवरण मात्र नभई नेपाल वा विदेशमा कुनै पनि प्रकारको कसुरमा संलग्न भए वा नभएको बारेमा समेत स्वघोषणा गर्नुपर्नेछ । त्यस्तै कुनै पनि मुद्दा–मामिला, अनुसन्धान, वैकल्पिक विवाद समाधानको प्रक्रिया वा न्यायिक तथा प्रशासनिक कारबाहीको अवस्थामा रहेको भए त्यसको समेत जानकारी गराउनुपर्ने व्यवस्था गरिएको हो ।
लगानीकर्ताले अदालत वा कुनै अधिकारप्राप्त अधिकारीको फैसलाअनुसार बुझाउनुपर्ने राजस्व वा सरकारी बाँकी बक्यौता रहे÷नरहेको र स्वदेश वा विदेशमा कर्जासम्बन्धी कालोसूचीमा परे÷नपरेको बारेमा समेत स्वघोषणा गर्नुपर्ने व्यवस्था गरिएको छ ।
शेयरधनी संस्था भएको खण्डमा सो लगानीकर्ता संस्थामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा एकल, संयुक्त वा समूहगत गरी १५ प्रतिशत वा सोभन्दा बढी शेयर वा पुँजी लगानी गरेको वास्तविक धनी वा हिताधिकारीको समेत विवरण लिनुपर्ने प्रावधान राष्ट्र बैंकले ल्याएको छ ।
यो निर्देशन जारी हुँदाका बखत कुल ५ प्रतिशत वा कुल २५ लाख रूपैयाँभन्दा बढीको शेयर धारण गरेका तथा वास्तविक धनी वा हिताधिकारीको हकमा समेत विवरण लिई राष्ट्र बैंकसमक्ष पेस गर्नुपर्नेछ । यदि विवरण परिवर्तन भएमा समेत अद्यावधिक विवरण लिई राष्ट्र बैंकसमक्ष पेस गर्नुपर्नेछ ।
संशोधन भएका केही विवरण
(३) सम्बन्धित व्यक्तिको पारिवारिक विवरण,
नेपाल राष्ट्र बैंक
Shares
नेपालबहस संवाददाता
नेपालबहस डटकमको अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । नेपालबहसमा प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । धन्यवाद #नेपालबहस #नेपालीसमाचार #स्थानीयसमाचार #ब्रेकिंङन्यूजनेपाल #खोजमुलकसमाचार #नेपालअपडेट्स #अपराधसमाचार #सुरक्षामामिलासमाचार #बैंकिङबीमासमाचार #शेयरबजारसमाचार #कर्पोरेटसमाचार
लेखकबाट थप
सम्बन्धित पोस्ट
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
असार ५, २०८३ शुक्रबार
राष्ट्र बैंकले कस्तो बनायो बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सेवा विनियमावली ? संशोधित पूर्णपाठ
असार ३, २०८३ बुधबार
तरलता व्यवस्थापन गर्न वित्तीय प्रणालीबाट २८ दिनका लागि ४५ अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
असार ३, २०८३ बुधबार
नेपालबहस ट्रेन्डिङ
छापामार शैलीमा २६० प्रहरीको काज सरुवा, घुमुवा र मुद्दा शाखामा ‘राईदाइ’ गर्नेहरु निशानामा
नेपालबहस संवाददाता
असार ३, २०८३ बुधबार
हङकङबाट आएको देउवा दम्पतीको पत्रले सोचमा सरकार, जवाफ फिर्ता गर्ने कि नगर्ने ?
नेपालबहस संवाददाता
असार ३, २०८३ बुधबार
राष्ट्र बैंकले कस्तो बनायो बैंक तथा वित्तीय संस्थाका कर्मचारीको सेवा विनियमावली ? संशोधित पूर्णपाठ
नेपालबहस संवाददाता
असार ३, २०८३ बुधबार
अमेरिका–इरान समझदारीपछि युरोपेली शेयर बजार उकालो, तेलको मूल्य घट्यो
नेपालबहस संवाददाता
असार २, २०८३ मंगलबार
Tweets by nepalbahas
लोकप्रिय
१
सामसुङ मोबाइलमा बढ्दो समस्या, ब्याट्री, ओभरहिटिङ र डिस्प्लेमा समस्या आएको प्रयोगकर्ताको गुनासो
असार ४, २०८३ बिहिबार
२
राहदानी काण्डमा धमाधम पक्राउ, जर्मन कम्पनीका सञ्चालकलाई पनि अख्तियारको पुर्जी
असार ४, २०८३ बिहिबार
३
प्रि–मनसुनमा ४५ वर्षयताकै बढी वर्षा
असार ४, २०८३ बिहिबार
छुटाउनुभयो कि?
बैंक तथा वित्तीय संस्थाका सञ्चालक, कर्मचारी नियुक्ति र शेयर खरिदमा राष्ट्र बैंकले लगायो कडा नियम
असार ५, २०८३ शुक्रबार
प्रतिनिधिसभाको बैठकबाट आर्थिक विधेयक सर्वसम्मतिले पारित
असार ५, २०८३ शुक्रबार
व्यक्तिगत कर छुट सुविधा र निजी विद्यालयमा लगाइएको करबारे अर्थमन्त्रीले दिए जवाफ
असार ५, २०८३ शुक्रबार
चलचित्र उद्योगले नेपालको अर्थतन्त्रको विकासमा योगदान पुर्याउन सक्छ: राष्ट्रपति
असार ५, २०८३ शुक्रबार
‘एक्सट्रिम’ इनर्जी ड्रिंकको बढ्दो प्रयोगः मधुमेह र मुटुरोगको जोखिम बढ्ने चिकित्सकको चेतावनी
असार ५, २०८३ शुक्रबार
तथ्याङ्कमा काठमाडौंका सुकुमबासी ,२८ प्रतिशत महिला मातृस्वास्थ्य सेवाको पूर्ण चक्रबाट वञ्चित
असार ५, २०८३ शुक्रबार
स्रोतमा पूरा पढ्नुहोस् (nepalbahas.com)
काठमाडौँ
स्वर्णिम वाग्ले
विश्वनाथ पौडेल