धनुषाको प्राथमिक विद्यालयलाई एनआईसी एसिया बैंकको सहयोग
lokaantar.com

एनआईसी एसिया बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महेन्द्रनगर, धनुषास्थित श्री दुधमती राष्ट्रिय प्राथमिक विद्यालयमा विभिन्न शैक्षिक सामग्रीहरू उपलब्ध गराएको छ ।
विद्यार्थीहरूको पठनपाठनलाई अझ सहज बनाउँदै विद्यालयमा गुणस्तरीय शैक्षिक वातावरण सिर्जनामा सहयोग गर्ने उद्देश्यका साथ बैंकले उक्त शैक्षिक सामग्री सहयोग प्रदान गरिएको बैंकका ब्रान्डिङ एन्ड मिडिया डिपार्टमेन्ट प्रमुख धिरेन्द्रप्रसाद वाग्लेले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)