मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

जनमत प्राप्त सरकारले करको विवेकपूर्ण उपयोग गर्छ : अर्थमन्त्री वाग्ले

shilapatra.com · Fri Jun 19 08:42:00 GMT 2026

अर्थमन्त्री स्वर्णिम वाग्लेले जनमत प्राप्त सरकारले विवेकपूर्ण ढंगले करको उपयोग गर्ने बताएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले सरकारले हजारौँ ठाउँबाट उठाएको कर आवश्यक्ताको आधारमा उपयोग गर्ने नीति लिएको बताए ।

‘अर्को त्यो हजारौँ ठाउँबाट उठाइएका करहरू एउटै सञ्चित कोषमा गएर जम्मा हुन्छ । जनमत प्राप्त सरकारले त्यसको विवेकपूर्ण उपयोग गर्छ,’ उनले भने ।

मन्त्री वाग्लेले कयौँ स्रोत उठाउन सकिने बताउँदै अहिले प्रयोजन हेरिएको बताए । ‘सयौँ, हजारौँ स्रोतहरूबाट कर उठाउन सकिन्छ । यसरी उठाएको कर यो प्रयोजनका लागि मात्रै उपयोग गर्न सकिने भनेर इयर मार्किङ पनि गर्न सकियो । तर, त्यो सँगसँगै प्रशासनिक, कानुनी जटिलताहरू पनि आउँछन्,’ उनले भने ।

पूर्वाधारका लागि उठाएको कर दुरुपयोग नहुने उनले बताए । ‘पूर्वाधारका लागि उठाइएको कर बूढीगण्डकीको क्षतिपूर्ति भनेर ४३ अर्ब बाँडियो भनेर मैले हिजो पनि उदाहरण दिएको थिएँ । त्यो भनेर बूढीगण्डकीको छुट्टै डालो बनाइरहनु नपर्ला,’ उनले भने, ‘त्यस्तै प्रदूषणको नाममा उठाइएको कर वातावरण मन्त्रालय, वातावरण विभाग, स्वास्थ्य मन्त्रालय त्यो विनियोजनबाट पनि रिफ्ल्याक्ट भइराखेको हुन्छ । अर्को विशेष खालको बजेट पनि व्यवस्था हुन्छ । त्यसको निर्देश गर्ने काम सार्वभौम संसदको हुन्छ ।’

प्रकाशित मिति: शुक्रबार, असार ५, २०८३

१४:२७

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)

सम्बन्धित विषय