फिलिपिन्समा सडक दुर्घटनामा ११ जनाको मृत्यु, ३ घाइते
barnanmedia.com · Wed Nov 26 20:15:01 GMT 2025

फिलिपिन्सको अल्बे प्रान्तमा बुधबार बिहान भएको सडक दुर्घटनामा ११ जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन्, जसमध्ये केहीको अवस्था गम्भीर छ । प्रहरीले १० पाङ्ग्रे ट्रकले यात्रु भ्यानसँग ठोक्किँदा यो दुर्घटना भएको जनाएको छ ।
प्रहरीका अनुसार दुर्घटना कमालिग नगरपालिकाको राजमार्गमा बिहान करिब ९ बजे भएको थियो । भिडिओ फुटेजमा ट्रक विपरीत दिशाबाट आएको १४ यात्रु बोकेको भ्यानसँग ठोक्किएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)