अमेरिका–इरानबीच हुने भनिएकाे स्विस वार्ता पुनः स्थगित
kendrabindu.com · Fri Jun 19 08:53:39 GMT 2026

जेनेभा । अमेरिका–इरान शान्ति प्रक्रियासम्बन्धी उच्चस्तरीय वार्ता पुनः अनिश्चित बनेको छ र मध्यपूर्वमा जारी तनाव व्यवस्थापन गर्ने उद्देश्यले तय गरिएको स्विट्जरल्यान्डको बैठक स्थगित भएको स्विस सरकारले जनाएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सको स्विट्जरल्यान्ड यात्रा रद्द भएको केही घण्टापछि वार्ता स्थगनको औपचारिक घोषणा गरिएको हो ।
स्विस विदेश मन्त्रालयले एएफपीलाई पठाएको सूचनामा अमेरिका, इरान, कतार र पाकिस्तानबीच हुने भनिएको वार्ता हाललाई रोकिएको स्पष्ट गरिएको छ । मन्त्रालयका अनुसार बर्गेनस्टकमा आवश्यक तयारी कार्य जारी रहे पनि नयाँ मिति तय गरिएको छैन । स्विट्जरल्यान्डले वार्ता सहज बनाउन आफू तयार रहेको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)
डोनाल्ड ट्रम्प