चितवनमा भरियो शवगृह, पहिचान केन्द्र तयार पारिँदै (तस्बिर)
ratopati.com · Thu Aug 27 08:57:10 GMT 2026

चितवन । चितवनमा रसुवा बाढीमा परेर ज्यान गुमाएकाको शव राख्ने ठाउँ नै अभाव भएको छ । चितवनस्थित भरतपुर अस्पतालमा शव राख्ने ठाउँको पोष्टमार्टम घर भरिएपछि शवलाई त्रिपाल टाँगेर बाहिरै राखिएको छ ।
हालसम्म ६४ वटा शव अस्पतालमा ल्याइएको भरतपुर अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलले बताए । अस्पतालमा १२ जनासम्म राख्ने क्षमता रहेको र त्यो भरिएको उनले सुनाए । ‘हाम्रोमा ६ वटा फ्रिजर हो । एउटामा २–२ जना राख्दा १२ जना राख्न मिल्छ,’ उनले थपे, ‘पहिल्यै बेवारिसे शव पनि छन् । यस्तो हताहतमा हामीले धान्न सक्ने क्षमता छैन ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)