प्रधानमन्त्रीले अभिव्यक्ति राष्ट्रिय भावना विपरीत [भिडियो]
hamrakura.com · Fri Jun 19 00:00:00 GMT 2026
काठमाडौँ। नेपाली कांग्रेसका सांसद गणेशबहादुर विश्वकर्माले प्रधानमन्त्रीले संसदमा दिएको अभिव्यक्ति राष्ट्रिय भावना, सार्वभौमिकता र भौगोलिक अखण्डताविपरीत रहेको दाबी गर्दै त्यसलाई सच्याउन माग गरेका छन्।
शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको भनाइप्रति आपत्ति जनाउँदै यस्तो अभिव्यक्तिले देशको सीमा र ऐतिहासिक तथ्यलाई कमजोर पार्ने प्रयास भएको टिप्पणी गरे।
उनले आफू सुदूरपश्चिम प्रदेशको बासिन्दा तथा महाकाली क्षेत्रसँग सम्बन्धित सीमासम्बन्धी आन्दोलन र कालापानी मार्चपासमा सहभागी विद्यार्थी नेताको हैसियतले सीमाको रक्षाका लागि सधैं प्रतिबद्ध रहेको बताए।
‘म सुदूरपश्चिम प्रदेशको बासिन्दा र महाकाली साझा हो, पानी आधाआधा हो भन्ने चर्चित आन्दोलन तथा कालापानी मार्चपासमा सहभागी एकजना विद्यार्थी नेताको हैसियतले सीमाको रक्षाका लागि जुनसुकै मूल्य चुकाउन तयार रहेको समेत यस सम्मानित संसदमा सगौरव अवगत गराउन चाहन्छु,’ उनले भने।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)