अष्ट्रेलियाले युक्रेनलाई थप ७० लाख अमेरिकी डलर सहयोग गर्ने
canadanepal.com · Fri Jun 19 09:13:15 GMT 2026

एजेन्सी- अष्ट्रेलियाली सरकारले शुक्रबार युक्रेनलाई थप ७० लाख अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको छ ।
अष्ट्रेलियाका उपप्रधानमन्त्री तथा रक्षामन्त्री रिचर्ड मार्लेसले आगामी १२ महिनामा नेटोको प्राथमिकता युक्रेन आवश्यकता सूची (पीयूआरएल) का लागि अस्ट्रेलियाले दुई करोड ५० लाख अमेरिकी डलर दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अष्ट्रेलियाले सन् २०२५ डिसेम्बरमा गरेको प्रारम्भिक ५० लाखको सहयोगको निरन्तरता भएको जनाइएको छ भने यो सँगै युक्रेनको लागि अष्ट्रेलियाको कुल सहयोग एक अर्ब ८० करोड अमेरिकी डलर पुगेको मार्लेसले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)