पर्यटन ऐन समयअनुकूल बनाउनुपर्नेमा सांसद अधिकारीको जोड
shilapatra.com · Tue May 26 13:49:41 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद लिमा अधिकारीले नेपालको पर्यटन क्षेत्रलाई समयअनुकूल, प्रविधिमैत्री र पारदर्शी बनाउन नयाँ कानुनी संरचना आवश्यक रहेको बताएकी छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा पर्यटन विधेयकमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले ४७ वर्ष पुरानो पर्यटन ऐनले वर्तमान विश्वव्यापी प्रतिस्पर्धालाई सम्बोधन गर्न नसक्ने बताइन् ।
उनले नेपालसँग गौतम बुद्ध, माता सीता, पाशुपत क्षेत्र र सगरमाथाजस्ता विश्वस्तरीय सम्पदा हुँदाहुँदै पनि पर्यटन क्षेत्रको योगदान अपेक्षाअनुसार हुन नसकेको उल्लेख गरिन् । सन् २०२५ मा ११ लाख ५८ हजार पर्यटकबाट ८८ अर्ब ६६ करोड रुपैयाँ राजस्व उठेको तथ्यांक प्रस्तुत गर्दै उनले नेपालको वास्तविक क्षमता अझ ठूलो रहेको दाबी गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)