ईजीपी प्रणाली अवरुद्ध हुँदा विकास निर्माणका काम प्रभावित, तत्काल सञ्चालनमा ल्याउन माग
ratopati.com · Fri Sep 11 08:30:16 GMT 2026

काठमाडौँ। नेपाल सरकारको सार्वजनिक खरिद प्रक्रियालाई व्यवस्थित गर्ने विद्युतीय प्रणाली (ईजीपी) विगत दुई सातादेखि अनिश्चितकालका लागि बन्द गरिएकोप्रति नेपाल निर्माण उद्योग परिषद्ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
परिषद्ले शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै ईजीपी प्रणाली केवल एउटा वेबसाइट मात्र नभई सार्वजनिक खरिदको महत्त्वपूर्ण डिजिटल पूर्वाधार भएकोले यसलाई तत्काल सुरक्षित र पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन माग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)