बाटोमा हिँडिरहेका युवकको कुटपिट गरी हत्या
kendrabindu.com · Tue May 26 13:50:36 GMT 2026

चन्द्रपुर (रौतहट) । रौतहटको चन्द्रपुर नगरपालिका–४ डाँडाटोलमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । कुटपिटबाट चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरका ३० वर्षीय विष्णु सुवेदीको मृत्यु भएको हो ।
बारा जिल्लाको निजगढ नगरपालिका–६ भवाराटोल घर भई हाल चन्द्रपुर–४ चन्द्रनिगाहपुरमा बसोबास गर्दै आएका ३८ वर्षीय विमल मोक्तानको कुटपिटबाट सुवेदीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रुपा लाबुङले जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)