मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रौतहटमा कुटपिटबाट एक युवकको मृत्यु

shilapatra.com · Tue May 26 13:51:00 GMT 2026

रौतहटको चन्द्रपुर नगरपालिका–४ डाँडाटोलमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । कुटपिटबाट चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरका ३० वर्षीय विष्णु सुवेदीको मृत्यु भएको हो ।

बाराको निजगढ नगरपालिका–६ भवाराटोल घर भई हाल चन्द्रपुर–४ चन्द्रनिगाहपुरमा बस्ने ३८ वर्षीय विमल मोक्तानको कुटपिटबाट सुवेदीको मृत्यु भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरकी प्रहरी नायब उपरीक्षक रुपा लाबुङले जानकारी दिइन् ।

मदिरा सेवन गरेका मोक्तानले बाटोमा हिँडिरहेका सुवेदीलाई कुटपिट गरी लडाएका थिए । कुटपिटबाट घाइते सुवेदीको चन्द्रनिगाहपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

प्रहरीले मोक्तानलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, जेठ १२, २०८३

१९:३६

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)