मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बर्डफ्लु देखिएपछि जावलाखेल चिडियाखाना बन्द

ratopati.com · Fri Jun 19 09:21:04 GMT 2026

काठमाडौँ । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना आजदेखि अनिश्चितकालका लागि बन्द भएको छ । चिडियाखाना परिसरभित्र रहेका जीवजन्तुहरूमा बर्डफ्लुको सङ्क्रमण पुष्टि भएपछि अर्को सूचना प्रकाशित नभएसम्मका लागि पूर्ण रूपमा बन्द गरिएको चिडियाखाना प्रमुख सत्यनारायण साहले रातोपाटीलाई जानकारी दिए ।

राष्ट्रिय प्रकृति संरक्षण कोष अन्तर्गत रहेको चिडियाखाना प्रशासनले चिडियाखाना बन्द गर्न सार्वजनिक सूचना समेत जारी गरेको छ ।

‘चिडियाखानाभित्र रहेका पशुपन्छीहरूमा सङ्क्रमण थप फैलन नदिन र मानिसहरूमा हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्नका लागि तत्कालका लागि अवलोकनलाई पूर्ण रुपमा बन्द गरिएको हो,’ साहले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)