मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जावलाखेलस्थित सदर चिडियाखानामा बर्डफ्लु पुष्टि, अनिश्चितकालका लागि बन्द

swasthyakhabar.com · Fri Jun 19 09:24:01 GMT 2026

काठमाडौं–ललितपुरको जावलाखेलस्थित सदर चिडियाखाना परिसरभित्र रहेका केही जीवजन्तुमा बर्डफ्लु संक्रमण पुष्टि भएको छ।

संक्रमण पुष्टि भएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषद्वारा सञ्चालित सदर चिडियाखानाले सूचना जारी गर्दै आजदेखि अनिश्चितकालका लागि चिडियाखाना बन्द गरिएको जनाएको छ।

चिडियाखाना व्यवस्थापनका अनुसार संक्रमण थप फैलिन नदिन तथा आगन्तुकहरूको सुरक्षा सुनिश्चित गर्न आजदेखि लागू हुने गरी चिडियाखानाका सम्पूर्ण गतिविधि स्थगित गरिएको छ।

गत चैतमा कोशी प्रदेशमा पहिलो पटक देखिएको बर्डफ्लु संक्रमण हालसम्म देशका १० जिल्लामा फैलिसकेको छ। स्वास्थ्य तथा पशु सेवा सम्बन्धित निकायहरूले संक्रमण नियन्त्रणका लागि आवश्यक सतर्कता अपनाइरहेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)

सम्बन्धित विषय