राहत सामग्री संकलन गर्न काठमाडौं प्रशासनले तोक्यो सम्पर्क व्यक्ति
onlinekhabar.com · Thu Aug 27 08:51:17 GMT 2026

११ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बाढी पीडितलाई राहत सामग्री उपलब्ध गराउन चाहनेका लागि सम्पर्क व्यक्ति तोकेको छ ।
काठमाडौं जिल्लाभित्र रहेका संघसंस्था, व्यक्ति, कम्पनी, क्लब वा नागरिकले बाढीपीडितलाई आवश्यक पर्ने खाद्यान्न, लुगा, लत्ताकपडा, भाँडाकुँडा वा अन्य प्रकारका घरायसी प्रयोजनका सामग्री उपलब्ध गराउन चाहे एकद्वार प्रणालीमार्फत संकलन गरिरहेको बेहोरा उल्लेख गर्दै जिल्ला प्रशासनले त्यसका लागि सम्पर्क व्यक्ति तोकेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)