मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कर्णालीको बजेटमा नयाँ दृष्टिकोण : कृषि आधुनिकीकरण, एआई प्रयोग र डिजिटल प्रशासनको योजना

ictsamachar.com

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ३५ अर्ब ३९ करोड ८५ लाख ४८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । चालु आर्थिक वर्षको तुलनामा ७.२८ प्रतिशतले वृद्धि गरिएको बजेटले उत्पादन वृद्धि, रोजगारी सिर्जना, सामाजिक न्याय, प्रविधिमैत्री सेवा प्रवाह र आत्मनिर्भर अर्थतन्त्र निर्माणलाई मुख्य प्राथमिकतामा राखेको छ ।

सोमबार बसेको कर्णाली प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री राजीवविक्रम शाहले प्रस्तुत गरेको बजेटमा ‘समृद्ध कर्णाली, सुखारी कर्णालीबासी’को दीर्घकालीन लक्ष्यलाई केन्द्रमा राखिएको छ । सरकारले प्रदेशको उत्पादन र उत्पादकत्व बढाउँदै जनताको आयस्तर सुधार गर्ने, सार्वजनिक सेवा प्रवाह प्रभावकारी बनाउने र विकासको लाभ सबै नागरिकसम्म पुर्‍याउने उद्देश्य लिएको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ictsamachar.com)